
लुम्बिनी सरकारले यही साता विश्वासको मत लिने तयारी गरेको छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गर्नुभएको छ ।
नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार वा बुधबार ने विश्वासको मत लिने तयारी गरेको उहाँ निकट स्रोतले जनाएको छ ।
यही साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।
तर पर्खदा चलखेल हुन सक्ने आंकलन गरेर उहाँले एक सातामै विश्वासको मत लिन लाग्नुभएको हो ।