१३ बैशाख २०८१, बिहीबार

बेपत्ता ४ बालिका भारतमा फेला, प्रहरीद्वारा आफन्तको जिम्मा

child

बारा प्रहरीले ३ दिनदेखि बेपत्ता भएका एकै परिवारका ४ जना नाबालिकालाई सीमावर्ती भारतमा फेला पारी आज परिवारको जिम्मा लगाएको छ ।

बाराको देवताल गाउँपालिका वडा नम्बर १ बडकीफुलवरिया टोल बस्ने नरेश साह गोडको ४ छोरीहरू १२ वर्षीया काजल कुमारी, १० वर्षीया आँचल कुमारी, ८ वर्षीया अञ्जली कुमारी र ६ वर्षीया नेहा कुमारी गत साउन २७ गतेदेखि आफ्नै घरबाट हराएको अवस्थामा बालिकाहरूलाई प्रहरीले भारतको श्रीसियामा फेला पारेपछि भारतीय प्रहरीको समन्वयमा सकुशल उदार गरी नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।

फेला पारिएका बालिकाहरूलाई आजै बुवा नरेश साहको जिम्मा लगाई पठाइएको मिश्रले बताउनुभयो ।