१४ बैशाख २०८१, शुक्रबार

फिल्म “आयो भैरब”को लागि निखिलको राजेशलाइ अफर

rajesh nikhil 3

अभिनेता निखिल उप्रेतिले फिल्म भैरबको सिक्वेल आयो भैरब निर्माणको तयारी गरेको पनि लामो समय नै भइसक्यो । फिल्म भिलेन पश्चात ठुलो पर्दामा नदेखिएका निखिलले हाल आयो भैरबको लागि कलाकार छनोट कार्यमा ब्यस्त रहेको बुझिएको छ ।

फिल्मको लागि केहि अगाडि अभिनेता सौगात मल्ल रहने कुरा समेत सञ्चारमाध्यममा आएको थियो । तर हालसम्म फिल्मको औपचारिक घोषणा अझै हुन सकेको छैन । निखिलकै अभिनय तथा निर्देशन रहने यस फिल्मको लागि अभिनेता राजेश हमाललाइ समेत अफर गरेका छन ।

rajesh nikhil 1

यी दुइले लामै समय भेटघाट गरेर कुराकानि भइरहेतापनि हमालले फिल्म गर्ने वा नगर्ने भन्ने बारे टुङगो गरेका छैनन । निखिल लामो समयपछि एक दमदार फिल्म लिएर आउने तयारि रहेका छन र फिल्ममा हमालको रोल पनि शशक्त रहेको बुझिएको छ । लगभग २ दर्जन फिल्ममा सहकार्य गरेका छन र दुइले सहकार्य गरेको फिल्महरु एक से एक हिट पनि रहेका छन र राजेशसँग निखिल पुन सहकार्य गर्न चाहन्छन ।

rajesh nikhil 2

हमाल अभिनित पछिल्लो फिल्महरु बाग्मति र सकुन्तलाले सफलता पाउन नसकेपछि हमाल कुनै फिल्ममा देखिएका छैनन । उनि आफैले फिल्म निर्देशन तथा अभिनयमा पुन कमब्याक गर्ने भनियतापनि हालसम्म फिल्मको कुनै तयारी देखिएको छैन । यी दुइको सहकार्य हुने वा नहुने हो त्यो भने आगामि दिनमा पक्कै थाहा हुनेछ । तर लामो समयपछि निखिल र राजेशको सहकार्य हुन सकेमा दर्शकहरुको प्रतिक्षारत फिल्म बन्ने अनुमान गरिएको छ ।