१३ बैशाख २०८१, बिहीबार

पार्टी एकताको आधार कमजोर हुँदै गएको माधव नेपालको निष्कर्ष

madhav nepal 1 1
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब पार्टी एकताको आधार कमजोर हुँदै गएको बताएका छन् ।

शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा नेता नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको नेपालको भनाई छ । आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरेका छन् ।

जब ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा मन नपरेको नेता नेपालको भनाई छ । ओलीले किन विधान संशोधनको प्रस्तावको नियत बुझ्न कुनै गाह्रो नभएको बताउँदै जथाभाबी रूपमा पार्टीमा पदाधिकारी नियुक्त गरेबाटै प्रस्ट हुने नेता नेपालले बताए ।

उनले ओलीको अत्याचार सहने अवस्था नभएको बताउँदै ओलीसमक्ष आत्मसमर्पण नगर्ने तर पार्टीलाई रूपान्तरण गरेर अघि बढ्ने बताएका छन् ।