१४ बैशाख २०८१, शुक्रबार

एकै दिन ३ लाख ६७ हजार बढीलाई कोरोना विरुद्धको खोप

health

सरकारले जारी राखेको खोप कार्यक्रममा गत २४ घण्टाभित्र थप ३ लाख ६७ हजार ३ सय ४१ जना नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्मको तथ्याङ्कमा ४६ लाख ५९ हजार ४ सय १४ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जानकारी दिएको हो ।

आज देशभर १८ हजार ५ सय ८२ जनाको कोरोना भाइरस परिक्षण गर्दा ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् ।

११ हजार ७ सय ८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ७ सय ६३ जना तथा ६ हजार ८ सय ७४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ५२ जना गरी जम्मा ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।