८ बैशाख २०८१, शनिबार

थपिए ३,९१५ कोरोना संक्रमित, २७ जनाको निधन

corona insurance

नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ९१५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २७ जनाको निधन भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ७०८ आरटी पिसिआर र ६ हजार ८७४ एन्टिजेन गरी कुल १८ हजार ५८२ जनामा परीक्षण गरिएकोमा ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० संस्थागत आइसोलेसनमा र ४३९ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७३७ जना र भेन्टिलेटरमा १८६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट २ हजार ११८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ । निको हुने दर ९३.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २७ जनाको संक्रमणबाट निधन भएको भएको छ । योसँगै हालसम्म निधन हुनेको संख्या १० हजार २३९ पुगेको छ ।