१३ बैशाख २०८१, बिहीबार

जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

thumb 1

जबरजस्ती करणी आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला पक्राउ परेका छन् ।

रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् ।

उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे नियन्त्रणमा लिइएको हो । शुक्लामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।