४ बैशाख २०८१, मंगलवार

लक्ष्मी मल्लको ‘विद्यानाश’ चर्चामा

laxmi

चर्चित लोक तथा दोहोरी गायिका लक्ष्मी मल्ल र लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको लोकदोहोरी गीत ‘विद्यानाश’ ले दर्शकको अत्याधिक माया पाएको छ ।आधुनिक र चलचित्र गीत गाउदै आईरहेका युवाजगतका सर्वप्रिय गायक प्रमोद खरेलको भने यो पहिलो लोकदोहोरी गीत हो ।

पछिल्लो समय गीत चर्चामा रहेको र दर्शकहरुले एकदमै रुचाईएका छन् । उक्त गीत टिकटकमा पनि अत्याधिक प्रयोग गरिएका छन् ।गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ। संख्यात्मक हिसावले थोरै भएपनि उत्कृष्ट गीत गाएर सबैको मन जित्न सफल गायिका मल्लको यो भन्दा अगाडिको गीत लोभी आखालाईपनि अत्यधिक रुचाईएको छ ।

मेला, महोत्सव, पिक्नीकजस्ता सांगेतिक कार्यक्रमहरुमापनि यो गीतलाई रुचाईएको छ । कलाकार पल शाह र बेनिशा हमालको अभिनय तथा नृत्य रहेको गीतलाई १२ लाख बढिले हेरेका छन् । भिडियोलाई कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका छन। उत्सव दाहालले खिचेको भिडियोमा इन्टेन्स इल्डको सम्पादन रहेको छ। भिडियोमा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ।

“आफ्नो मन” युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई पहिलेको चर्चित गीत “लोभी आँखा”लाई झैँ दर्शक स्रोताले रुचाउनेमा विश्वस्त रहेको निर्माण टिमले जनाएको छ।

    सम्बन्धित समाचार...