११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमणबाट थप ३० जनाको निधन, ३४८१ संक्रमित थपिए

corona insurance

कोरोना संक्रमणबाट पछिल्लो पटक ३० जनाको निधन भएको छ । ३४ सय ८१ संक्रमित थपिएका छन् ।

१० हजार ९ सय ७ पीसीआर परीक्षण गर्दा २६ सय १६ तथा ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षणमा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमित मध्ये काठमाडौंमा सबैभन्दा बढी ६ सय ६३ जना छन् । पछिल्लो पटक १८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ३८ हजार ३३ पुगेको छ ।

केहीदिनयता संक्रमण बढेपछि मृत्युदर पनि उकालो लागेको छ । संक्रमणबाट अहिलेसम्म १० हजार १ सय ८० जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

गम्भीर अवस्थाका संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । ७ सय ९६ जनाको आइसीयू र १ सय ८४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ।