१४ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

Lumbini Pradesh Sabha

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी पाएसँगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

बुधबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएका थिए ।

प्रदेशका मुख्यमन्त्री पोखरेलले १ बजेर १५ मिनेटमा राजीनामा दिएको पत्र प्राप्त भएको उनले बताए । उनले राजीनामा दिएको पत्र आएसँगै विशेष अधिवेशन अन्त्य भएको घोषणा गरे ।

यसअघि राजीनामाको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिकाअनुसार १ बजेदेखि विशेष अधिवेशनको पहिलो बैठक सुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो ।