१४ बैशाख २०८१, शुक्रबार

टिकटक बन्यो सबैभन्दा बढी डाउनलोड हुने एप

TikTok

पछिल्लो समय निकै चर्चित बनेको भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनेको छ ।

चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन टिकटकले फेसबुकलाई पछि पार्दै सर्वाधिक चर्चित एप बन्न सफल भएको हो ।

विश्वस्तरीय अध्ययनबाट प्रकाशित रिपोर्ट अनुसार सबैभन्दा धेरै डाउनलोड गरिएको शीर्ष पाँचमा फेसबुक, वाट्सएप, इन्स्टाग्राम र फेसबुक म्यासेन्जर छन् । यी चारवटै उत्पादन मार्क जुकरबर्गको कम्पनीका उत्पादन हुन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाउने प्रयास गरेपछि अमेरिकामा अझै टिकटक लोकप्रिय बनेको रिपोर्टमा उल्लेख गरिएको छ ।

विश्वकै ठूलो जनसंख्या रहेको भारतमा पनि यो एपलाई प्रतिबन्ध लगाइएको छ ।