fbpx
१ बैशाख २०७८, बुधबार

संगै पढ्ने र टिकटक बनाउन आएकी बहिनी बलात्कृत, दाजु पक्राउ

सांकेतिक तस्विर

नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।

दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीसहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जवर्जस्ती करणीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न तालिम नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहूँ जिल्ला अस्पतालमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

1
किशोरीको महिनावारी रोकिएपछि आमाले सोधेपछि नातामा दाई पर्नेले करणी गरेको जानकारी दिएकी थिइन् घटनावारे परिवारका सदस्यले जानकारी पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले पटक–पटक करणी गरेका थिए ।

बलात्कारमा संलग्न युवाकी बहिनी र पिडित बालिका साथी हुन् संगै पढने र टिकटक बनाउन भन्दै पिडित बालिका युवाको घरमा जाने गरेकी थिइन् । यो खबर आजको राजधानी दैनिकमा छ ।