१५ चैत्र २०८०, बिहीबार

सभामुख सापकोटाले लगाए कोरोनाविरुद्धको खोप

coronaa kop agni

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाउनु भयो । बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाउनु भयो ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पनि बुधबारै खोप लगागाउनु भएको हो ।बुधबार बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ ।

सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।