१५ बैशाख २०८१, शनिबार

संसदमा देउवालाई ओलीको प्रश्नः ‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै’

kp oli 1

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारको साझा न्यूनमत कार्यक्रममा उल्लेख नभएको भन्दै प्रश्न उठाएका छन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले के गर्नुहुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न समेत सोधेका छन् ।

‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै,’ उनले भनेका छन्, ‘नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ।’