१२ बैशाख २०८१, बुधबार

‘नो भ्याक्सिन नो एक्जाम’ को नारा लगाउँदै परीक्षा बहिष्कार

student 1

काठमाडौंको पद्मकन्या क्याम्पसमा परीक्षा दिन आएका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले विद्यार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

परीक्षा दिन गएका विद्यार्थीहरुले मंगलबार बिहान क्याम्पसको गेट बाहिर प्रदर्शन गर्दै केहीबेर गेटबाहिर सडकमा धर्नासमेत दिएका थिए । उनीहरुले नो भ्याक्सिन नो एक्जाम भन्दै नाराजुलुस पनि गरेका थिए ।

आज बिबिए, बिआइएमलगायत स्नातक तहका छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा चलिरहेको छ । विद्यार्थीहरुले भौतिक उपस्थितीमा परीक्षा गर्दा कोरोना सर्ने जोखिम भएकाले परीक्षा सार्न माग गरिहेका छन् । तर, त्रिविले भदौ ५ सम्मका परीक्षा नसर्ने बताइसकेको छ ।

सरकारले कक्षा १२ को परीक्षा भने स्थगित गरेको छ । कोरोना संक्रमणको कारण देखाएर साउन ३१ देखि भदौ ९ सम्मको १२ को परीक्षा स्थगित भएको छ । ११ र त्रिविको परीक्षा भने भौतिक रुपमा उपस्थिती गराएर लिइरहेको छ ।