२१ बैशाख २०८१, शुक्रबार

दिग्गज अभिनेता अनुपम श्यामको निधन

Mann Kee Awaaz Pratigya actor Anupam Shyam 1

दर्जनौ फिल्म र टेलिफिल्ममा अभिनय गरेका अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उपचारक्रममा निधन भएको हो । उनी लामो समयदेखि किड्नीको समस्याबाट पीडित थिए ।

श्याम ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट दर्शकमाझ लोकप्रिय बनेका थिए । फिल्म निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत श्यामको निधनले फिल्म र टिभी उद्योगलाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन् ।

सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा जन्मिएका अनुपम श्याम फिल्ममा धेरै जसो नेगेटिभ रोलमा देखिन्थे । उनले स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या लगायत फिल्ममा अभिनय गरेका छन् ।

    सम्बन्धित समाचार...