१६ चैत्र २०८०, शुक्रबार

“मलाई शेरबहादुर देउवा मन पर्छ किनभने” भिडियोप्रति कांग्रेस नेताहरुले नै असन्तुष्टि

sher1628164340

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरेका भिडियोप्रति कांग्रेस नेताहरुले नै असन्तुष्टि जनाएका छन ।

केही दिनदेखि मलाई शेरबहादुर देउवा मन पर्छ किनभने शीर्षकमा प्रधानमन्त्री देउवाको सचिवालयले विभिन्न भिडियो सामग्री सार्वजनिक गर्दै आएको थियो । भिडियोप्रति सार्वजनिक आलोचना सुरु भएपछि कांग्रेस महामन्त्री पुर्णबहादुर खडका र प्रवक्ता विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका हुन । महामन्त्री खड्काले ट्विट गर्दै देउवाको सचिवालयको कार्यलाई गाइजात्राको संज्ञा दिएका छन । उनले भिडियो सार्वजनिक गर्ने कार्य तत्काल रोक्न माग गरेका छन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवाको प्रशंसा गर्दै भिडियो सामग्री बनाउने र सामाजिक सञ्जालमा राख्ने काम बन्द गर्न सचिवालयको ध्यानाकर्षण गराएका छन । उनले काम राम्रो गरे जनताहरुले नै भिडियो बनाउने पनि स्पष्ट पारेका छन ।