१५ चैत्र २०८०, बिहीबार

साउनमा ५३ हजारभन्दा बढी कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

helth ministry office nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको छ । यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने मन्त्रालयको प्रक्षेपण छ ।

मन्त्रालयलयले साउनको अन्त्यपछि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउन देखि मंसिरसम्ममा महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण मन्त्राललय गरेको बताए ।

साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १ सय ८३ पुग्ने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण रहेको छ । पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने मन्त्रालयको प्रक्षेपण छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार साउन २० गतेसम्म होम आइसोलेसनमा ३० हजार २ सय ७० जना, संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९४ जना, आइसियूमा ७ सय १४ जना र भेन्टिलेटरमा १ सय ५६ जना उपचाररत छन् ।

यस्तै पहिलो मात्रा खोप प्राप्त गर्नेहरुको संख्या ४२ लाख ९७ हजार ६ सय १२ र पूर्ण खोप प्राप्त गर्नेहरुको संख्या २० लाख ७४ हजार छ ।