१२ बैशाख २०८१, बुधबार

काठमाडौंमा आज बाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइदै

health coronavirus

काठमाडौंमा साउन २२ आज (शुक्रबार)बाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइदै छ । स्वास्थ्य सेवा विभागले एक सुचना जारी गर्दै देशभरका जिल्ला स्वास्थ्य कार्यालयहरुलाई भीड नहुने गरि खोपकेन्द्रको व्यवस्थापन गर्न समेत निर्देशन दिइसकेको छ ।

काठमाडौं जिल्लामा एक महानगरसहित १० वटा नगरपालिकामा ९ वटा अस्पतालसहित १ सय ४७ वटा खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयो।

खोप लगाउन जादा पहिलो डोज लगाएको कार्ड, विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बरका आधारमा दोस्रो मात्रा लगाइने छ । साउन २२ गतेबाट २४ गतेसम्म खोप अभियान सञ्चालन हुने छ । काठमाडौं महानगरमा ३२ वडा खोपकेन्द्रबाट खोप लगाइनेछ ।

महानगरमा अत्यावश्यक सेवामा कार्यरत नागरिकहरुका लागि राधाश्वामी आइसोलेसन, शसस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी, परोपकार प्रसुती अस्पताल र काठमाडौं मेडिकल कलेज सिनामंगल खोप केन्द्र तोकिएको छ ।

भने खोप अनिवार्य गरिएका देशमा जानेहरुका लागि भने विरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल र शसस्त्र प्रहरी अस्पतालबाट खोप लगाउन सकिने छ ।

पहिलो मात्रा लगाएको २१ दिन पुरा भएका ५५ वर्ष वा सो भन्दा माथि उमेरका सबै नागरिक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकले दोस्रो मात्रा खोप लगाउन पाउने छन् ।