
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने भएको छ ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते छलफल हुने भएको हो ।
प्रदेशका विपक्षी गठवन्धन दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा सचिवालयले विशेष अधिवेशनको मिति साउन २७ गतेका लागि तोकिएको जनाएको हो ।
प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वानको मिति तोकेका हुन् ।
साउन १८ गते सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।