१४ बैशाख २०८१, शुक्रबार

चितवन प्रशासनको चेतावनी: निषेधाज्ञाको पालना नगरे कडा कानुनी कारबाही

chitwan prasasan

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको पालना गर्न आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै चितवनमा कोरोना संक्रमणको दर बढिरहेकोले सर्वसाधारणले निषेधाज्ञाको पालना गर्नुपर्ने र नगरे कानुन बमोजिम कारबाही हुने जनाएको हो ।

पछिल्लो समय चितवनमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएको छ । तर संक्रमणको दर बढ्दो भन्ने जानकार भएर पनि समाजकै जिम्मेवार व्यक्तिहरुबाटै सभा, सम्मेलन, धर्ना, जुलुस जस्ता भिडभाड जन्य गतिविधि बढ्दै गएको प्रशासनले बताएको छ ।

जसले गर्दा मास्कको उचित प्रयोग नगर्ने, भौतिक दुरी अझ उच्च हुन गई जोखिम निरन्तर बढ्दै गएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । प्रशासनले जनस्वास्थ्यका मापदण्ड विपरित भिडभाडजन्य जस्ता गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

‘निषेधाज्ञाको अवज्ञा हुने तथा जोखिम बढाउने गरे÷गराईको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सम्बन्धित सबैमा सुचित गरिन्छ ।’

221919315 1507194846316029 5566779592122030270 n