६ चैत्र २०८०, मंगलवार

पवन भंगेरियाको नागरिकता सम्बन्धित फाइल गायब

citizan

द्वैधनागरिक पवन भंगेरियाको नागरिकता मुदाबारे विभिन्न समाचार माध्यमहरुमा समाचार प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको गम्भिर ध्यानाकर्षण भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय खुलेलगतै कार्यकक्षमा पुगेका प्रजिअ धिमिरेले पवन भंगेरियाको नागरिकता अनुशन्धान सम्बन्धित सबै कर्मचारीहरुलाई उपस्थित गराएर अबिलम्ब वास्तविकता जानकारी गराउन आदेश दिएका थिए ।

गैरकानुनि रुपमा बंसज नागरिकता लिएका भंगेरियाको नागरिकता छानविन बारे दुइ दशक अगाडि निवेदन दर्ता भएको मुदाको अनुशन्धान कहासम्म पुगेको बिषयबारे प्रजिअ धिमिरेको कार्यकक्षमा पुगे पत्रकारहरु समक्ष मुदाको फाइलनै गायब भएको कुरा कर्मचारीहरुले सुनाएपछि प्रजिअ घिमिरे आफै आश्चर्यचकित भएका थिए ।

जिल्ला प्रशासन कार्यालयका केहि कर्मचारीहरुको मिलिभगतमा फाइल नै गायब भएको कुरा खुलासा भएपछि भंगेरियको बंसज नागरिताबारे पुन जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन अगाडि बढाउने भएको छ ।

यसै बिच पवन भंगेरियाले फोन गरेर आफ्नो नागरिताको बारेमा स्पष्किरण दिएका छन् । उनले आफ्नो बुवाले लिएको अंगीकृत नागरिकताको आधारमा आफु बंसज नागरिकता लिएको दावीगरेका थिए ।आफुले लिएको नागरिकता भन्दा ५०बर्ष अगाडि अर्थात बिक्रमसम्बत २००० सालको आसपासमा बुबाले अंगीकृत नागरिकता लिएको बताए ।

नागरिकता ए्रैन नै २०२०साल लागुभएको कुरा सर्वविदिति भएपनि भंगेरियाले बोलेको झुठो कुराले उनको जालसालीलाई झन प्रमाणित गरेको छ ।