
प्रतिनिधिसभाको आजको बैठकमा सांसद महेश बस्नेतले जनताले परमादेशबाट बनेको सरकार नरुचाएको बताउँदै देउवा सरकारको पसल पसलमा आलोचना सुरु भएको बताउनुभएको छ ।
अदालतको परमादेशबाट बनेको सरकारले अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै सांसद बस्नेतले मन्त्री बन्न खोजेकाहरू बेरोजगार बनेर आत्महत्या गर्छु भन्दै हिँड्न लागेको बताउनुभयो । सांसद बस्नेतले वर्तमान सरकारले अघिल्लो सरकारले व्यवस्थापन गरेको खोप समेत लगाउन नसकिरहेको बताउनुभयो ।
उहाँले दार्चुला जिल्लामा तुहिन काटिएर बेपत्ता भएका जय सिंह धामीले अझै न्याय पाउन नसकेको र सरकारले न्यायका लागि बोल्न समेत नसेकेको बताउनुभयो । जनताले वर्तमान सरकारको ढिलासुस्ती, अर्कमन्यता, र अपरार्दशीतालाई हरिरहेको भन्दै सांसद बस्नेतले अब मन्त्री बनाउन पनि परमादेश नै चाहिएको हो ? भनी प्रश्न गर्नुभयो ।
उहाँले माओवादीका सांसदले मन्त्री नपाए आत्महत्या गर्छु भनेको र काग्रेंसका जनप्रतिनिधि नगरपालिका फोरेको समाचारहरू आइरहेको वर्तमान सरकारको निरिहिता पुष्टि गरेको बताउनुभयो । उहाँले जनताले खोप नपाइरहँदा होटेल होटेलमा खोप भेटिनु जस्ता कुराले सरकार कता हिँडिरहेको स्पष्ट हुने बताउनुभयो ।
सरकार बनेको तीन सातामै खोप काण्ड, व्यापारीलाई मन्त्री बनाएको काण्ड, जयसिंह धामीको हत्या, सरकार विस्तारमा ढिलाई लगायतका दर्जनौ कारण जनताले परमादेशको सरकारले केही गर्न नसक्ने भन्दै जनादेशमा प्रधानमन्त्रीलाई सम्झिएको बताउनुभयो । उहाँले जनताहरू अहिले केपी ओली आइलभ यु भनिरेको बताउनुभयो ।