७ बैशाख २०८१, शुक्रबार

पार्टी एकताका लागि प्रयास जारी राख्ने एमालेको नेपाल–खनाल समूहको निर्णय

madhav jhalanath

एमाले संस्थापन पक्ष महाधिवेशनको तयारीमा लागे पनि नेपाल–खनाल समूहले पार्टी एकताका लागि प्रयास जारी राख्ने निर्णय गरेको छ ।

नेपाल–खनाल समूहका स्थायी समिति सदस्यको बैठकले एक अर्कामाथिको आरोपप्रत्यारोप बन्द गरेर एकता प्रयास अघि बढाउने निर्णय गरेको हो ।

बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बसेको बैठकले पार्टी एकता टुंगोमा पुर्‍याउन दुवै पक्ष संयमित, जिम्मेवार, संवेदनशील भएर लाग्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।

नेता रघुजी पन्तले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटवार्ता हुने समेत बताउनुभयो ।

बैठकले एकताका लागि हालसम्म भएका प्रयास सकारात्मक रहेको निष्कर्षसमेत निकालेको छ । गत जेठ २७ गते भएको दश बुँदे सहमतिमा टेकेर एकता प्रक्रिया अघि बढाउने नेपालखनाल समूहको निर्णय छ ।