१५ चैत्र २०८०, बिहीबार

पार्टी एकता वार्ता चलिरहँदा एमाले संस्थापनद्वारा एकलौटी ९ वटा विभाग गठन

oli uml tulasilal 69

पार्टी एकता वार्ता चलिरहँदा नेकपा एमालेको संस्थापनले ९ वटा विभाग गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज बसेको संस्थापन पक्षको स्थायी समिति बैठकले नेपाल–खनाल समूहका नेतालाई बाहिर राखेर विभाग बनाएको हो ।

बैठकले स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । विभागमा ११ जना सदस्य राखिएको छ । यस्तै उपमहासचिव विष्णु पौडेललाई संगठन विभागको जिम्मेवारी दिइएको छ।

सुवासचन्द्र नेम्वाङलाई संसदीय विभाग प्रमुख र विष्णु रिमाललाई आर्थिक विभाग प्रमुख बनाइएको छ ।

प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागमा भानुभक्त ढकाल, विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेललाई चयन गरिएको छ । प्रवक्ता ज्ञवालीले यी विभाग २५ सदस्यीय हुने जानकारी दिनुभयो ।

दशौं महाधिवेशनको तयारीमा रहेको एमाले संस्थापनले असन्तुष्ट नेपालखनाल समूहलाई पर्खेर बस्न नसक्ने भन्दै विभाग गठन गरेको हो । हिजो बसेको बैठकले स्थानीयस्तरमा अधिवेशनको मिति तोकेको थियो ।