१३ बैशाख २०८१, बिहीबार

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला टि–२० विश्वकपको उपाधि

Wpmens T20 World Cup

आयोजक अष्ट्रेलियाले आईसीसी महिला टि ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार घरेलु मैदानमा भएको फाइनलमा भारतीय महिला क्रिकेट टोलीलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया महिला क्रिकेट टोलीले पाँचौ पटक महिला टि २० विश्वकप उपाधि जितेको छ ।

एलिसा हेली र बेथ मोनीको शतकीय साझेदारी मद्दतमा अस्ट्रेलियाले आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो।

जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएका भारतीय महिला टोली १९.१ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो । अष्ट्रलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि ट्वान्टी को उपाधि जितेका थिए ।भारतीय दीप्ती शर्माले ३५ बलमा २ चौका सहित सर्वाधिक ३३ रन जोडिन् ।

पहिलो ओभरको दोस्रो बलमै प्रमुख ब्याट्सवुमेन्स सफाली बर्मालाई मेगन शट्टले विकेटकिपर एलिसा हेलीबाट २ रनमा क्याच आउट गराएपछि भारत सुरुमै दबाबमा परेको थियो । दोेस्रो ओभरको अन्तिम बलमा जेमिमाह रोड्रिग्स शुन्यमा आउट भइन् । सोफी मोलिनेक्सले चौथो ओभरको पहिलो बलमा स्मृती मंधानालाई निकोला करीबाट ११ रनमा क्याच आउट गराएपछि भारतको जित कठिन बनेको थियो ।

T20 World Cup

कप्तान हरमनप्रीत कौर ४ र वेद कृष्णमुर्ती १९ रनमा आउट भए । रिचा घोषले १८ रनको योगदान दिइन् । अष्ट्रेलियाकी मेगन शटले ३.१ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन् । जेस जोनासेनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । सोफी मोलिनेक्स, डेलिसा किम्न्सर्स र निकोला करीको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेका अष्ट्रेलिया महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएका थिए । ओपनर तथा विकेटकिपर एलिसा हेलीले ३९ बलमा ७ चौका र ५ छक्का सहित आक्रामक ७५ रन जोड्दै विशाल योगफलतर्फ लम्काएकी थिइन् । एलिसालाई १२ औं ओभरको चौथो बलमा स्पिनर राधा यादवले वेद कृष्णमूर्तीबाट क्याच आउट गराएकी थिइन् ।

women

पहिलो विकेटका लागि एसिला र बेथले ११.४ ओभरमा १ सय १५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । बेथ ५४ बलमा १० चौका सहित ७८ रनमा अविजित रहँदै विशाल योगफलमा पुर्याइन् । कप्तान मेग लनिङ १६ रनमा आउट भइन् । भारतका दिप्ती शर्माले २, पुनम यादव र राधा यादवले १-१ विकेट लिए । एजेन्सी