१५ चैत्र २०८०, बिहीबार

मेस्सीको निर्णायक गोलले बार्सिलोना शीर्ष स्थानमा

leo messi

साविकको विजेता बार्सिलोना स्पेनीस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले एकमात्र निर्णायक गोल गरे । खेलको ८१ औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल गर्दै खेलको निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले धेरै पटक गोल गर्ने प्रयास गरे पनि गोल भने हुन सकेन् । पहिलो हाफमा निकै दबाबमा राखेको बार्सिलानाले गोलको लागि निकै प्रयास गरेको थियो । त्यस्तै खेलको अतिरिक्त समयमा जोडी अल्भाले गोल गरे ता पनि उक्त गोल रेफ्रीले भारको सहायतालाई मान्यता दिएनन् ।

जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ । पराजित सोसिडाड ४३ अंक सहित तालिकाको छैटौं स्थानमा छ । एजेन्सी