१२ बैशाख २०८१, बुधबार

वर्तमान सरकार परमादेशबाट बनेको भन्ने एमाले सांसदको टिप्पणीप्रति सांसद बिडारीको यस्तो आपत्ति

ram narayan bidari

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भन्ने नेकपा एमालेका सांसदको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा उहाँले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदले नै अहिले विरोध गर्नु उचित नहुने बताउनुभयो ।

परामदेशबाट सरकार बन्यो भन्नेले राष्ट्रपतिको पनि अपमान गरिरहेको बिडारीले बताउनुभयो । उहाँले अदालतको फैसलामाथि संसदमा छलफल गरेकोमा पनि विरोध जनाउनुभयो ।

उहाँले भन्नुभयो – ‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने, पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले संविधान त्यस्तै बनाएको हो ? संविधानमा त्यही लेखेको छ ? अदालतको फैसलाको छलफल जनताले गर्न सक्छन्, विद्रोहीले विद्रोह गर्न सक्छन् ।

यही संविधानमा सहीछाप गरेर, शपथ खाएर, ज्यान गए संविधानविरुद्ध काम गर्दिनँ भनेर शपथ खाएर आएका हामी सांसद अदालतको फैसलाका विरुद्धमा संसारको कुनैपनि देशमा संसदमा अदालतको फैसलाको बारे छलफल हुँदैन । जनता भनेको फरक हो । त्यसैले संसदले छलफल गर्न यहाँ मिल्दैन । यहाँ भइरहेको छ । यो विकृति हो । ओलीजीले संविधान मिच्नको निम्ति, किच्नको निम्ति, फोड्नको निम्ति, लुछ्नको निम्ति सिकाइयो । त्यही सिकाए बमोजिम हामीले पनि यहाँ गर्न थालियो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगबाट संविधान मिच्न सिकेका सांसदले परमादेशको कुरा उठाइरहेको बिडारीको टिप्पणी छ ।