१३ बैशाख २०८१, बिहीबार

दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न माधव नेपाललाई २२ सांसद्को सुझाव

madhav nepal
फाइल फोटो

प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद्ले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएका छन् ।

बुधबार नेपालले आफूलाई साथ दिएका सांसद्हरुसँग सामूहिक परामर्श गर्दै अध्यक्ष केपी शर्मा ओलीबाट दोस्रो अध्यक्ष बन्न प्रस्ताव आएको भन्दै उक्त प्रस्ताव स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा सुझाव मागेका थिए ।

उनीहरुमध्ये अधिकांशले सरकारमा जान र सरकारलाई सफल पार्नेतिर माधव नेपालको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सहभागी सांसद् मेटमणि चौधरीले ओलीले गरेको दोस्रो अध्यक्षको प्रस्ताव पनि कपटपूर्ण भएको भनेर सांसद्हरुले सुझाव दिएको बताए । चौधरीले भने,“हामीले दोस्रो अध्यक्ष अस्वीकार गर्न सुझाएका छौँ, ओलीले पदलोलुप देखाउन उक्त प्रस्ताव गरेको हाम्रो विश्लेषण रह्यो ।”