१५ चैत्र २०८०, बिहीबार

नेपालको पोल्टामा कम्तीमा छ मन्त्रालयको साँचो

madhav nepal
फाइल फोटो

नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सो जानकारी दिएका हुन् । उनले बिहानमात्र नेपालसँग भेटेर छलफल गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भएको भेटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारमा सहभागिताका लागि सकारात्मक संकेत दिनुभएको हो । तर यसका लागि नेता नेपालले केहीदिन पर्खन भनेको प्रचण्डले आज माओवादी स्थायी कमिटी बैठकमा सुनाउनुभएको छ ।

प्रचण्डका अनुसार नेपाल सरकारमा आउन सकारात्मक हुनुभएको छ तर पार्टीमा एकता प्रयास पनि चलिरहेकाले निर्णय भने गरिसक्नुभएको छैन । एक सदस्यका अनुसार आजको स्थायी समिति बैठकमा प्रचण्डले माधव नेपाल समूहलाई पनि सहभागी गराएर छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने पनि बताउनुभएको थियो

स्रोतका अनुसार नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भाग दिइने तयारी गरिएको छ ।

यस्तै नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

दुई नेताबीच एमालेको एक समूहलाई सरकारमा ल्याउनेबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि नेपाल–खनाल समूहले सरकारमा सहभागिताबारे ठोस निर्णय गरेको छैन ।

यो समूहमा पार्टी एकता प्रक्रिया अघि बढाउने कि छुट्टै दल बनाउने भन्नेमा विवाद चलिरहेको छ । प्रधानमन्त्री भएको झण्डै दुई हप्ता हुँदा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन ।

नेपालखनाल समूहले निर्णय नदिएका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको सरकार पक्षको दाबी छ ।