७ बैशाख २०८१, शुक्रबार

खुसुस्क वहस नै नगरी परिवर्तनको एजेण्डामा संघीयता घुसाइयो: गोकुल बास्कोटा

gokul baskota
फाइल फोटो

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आमुल परिर्वतनको एजेण्डाभित्र खुसुक्क संघीयता घुसाइएको भन्दै धर्म, संस्कृति र राज्यबारे छुट्टै वहस हुनुपर्ने बताएका छन् ।

संघीयताको बारेमा एमालेभित्र पनि बहस चलाउँदै आएका बास्कोटाले आर्थिक सामाजिक, सांस्कृति, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपाललाई संघीयतामा लगिएको बताएका छन् ।

बास्कोटाले मंगलवार पुनः वहस छेड्दै भनेका छन्, ‘संघीयतामा कुनै देश किन गएरुहामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमी हेरेनौं। जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो। नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नुपर्छ।’

हिजो मात्रै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्ष खारेजीको प्रस्ताव राखेपछि यो विषय पुनः बहसमा आएको छ ।