११ बैशाख २०८१, मंगलवार

शेयर बजारमा नयाँ रेकर्ड

शेयर बजारमा नयाँ रेकर्ड

मङ्गलवार नेपाली सेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड निर्माण गरेको छ । कारोबार हुने तेस्रो दिन मङ्गलवार २९.२४ अङ्कले बढेको नेप्से परिसूचक ३०७९.६७ अं कमा पुगेर रोकियो ।

यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो सो दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा मङ्गलवार नयाँ रेकर्ड बनेको हो । मङ्गलवार बजार शुरु हुनासाथ उच्च अङ्कले घटेको बजार अपराह्नपछि भने सम्हालिएको थियो ।

सोमबार ३०५०.४२ अङ्कमा रोकिएको बजारमा सोमबार साँझ राष्ट्र बैङ्कले सार्वजनिक गरेको बैङ्क तथा वित्तीय संस्थासँग सम्बन्धित विभिन्न निर्देशनले केही प्रभाव पारेको छ । मङ्गलवार बैङ्किङ, व्यापार, होटेल र पर्यटन तथा अन्य समूहको परिसूचक घटेको छ ।

तर, लगानीकर्ता भने उत्पादन तथा प्रशोधन र जलविद्युतमा झुम्मिएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ र जलविद्युत समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ ।

मङ्गलवार कुल २२५ कम्पनीको १ लाख ४१ हजार ६ सय ५२ कारोबार भयो । यी कारोबारबाट कुल ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयरहरू १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँमा कारोबार भएका छन् ।

मङ्गलवार १४ कम्पनीहरूको मूल्य सर्किट लेबलमा कारोबार भएको छ ।