७ बैशाख २०८१, शुक्रबार

कामु प्रधान सेनापतिमा बलाध्यक्ष रथी प्रभुराम शर्मा, साउन २४ देखि कार्यभार सम्हाल्ने

कामु प्रधान सेनापतिमा बलाध्यक्ष रथी प्रभुराम शर्मा, साउन २४ देखि कार्यभार सम्हाल्ने

सरकारले बलाध्यक्ष रथी प्रभुराम शर्मालाई साउन २४ देखि लागू हुने गरी नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त सिफारिस गरेको हो ।

राष्ट्रपतिले कामु प्रधान सेनपातिमा शर्मालाई नियुक्त गर्ने छिन् । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट बिदा बस्ने तयारी गरेका थिए ।

४४ औं प्रधानसेनापति बन्न लागेका शर्माले युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए । उनले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।