११ बैशाख २०८१, मंगलवार

दुई हजार सात सय २६ जनामा सङ्क्रमण पुष्टि, अहिलसम्म नौ हजार सात सय ५८ जनाको निधन

60f7fc3acce91 fdrd

पछिल्लो २४ घण्टामा दुई हजार ७२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ८४३ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७७८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २० जनाको निधन भएको छ । योसँगै नौ हजार ७५८ जनाको निधन भैसकेको छ । अहिलेसम्म ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।