११ बैशाख २०८१, मंगलवार

काठमाडौँ उपत्यकामा जम्मा दुई लाख ७८ हजार ८१५ सङ्क्रमित, आजै ७७४ थपिए

corona virus graph

काठमाडौँ उपत्यकामा ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् । पछिल्लाे केही दिनदेखि उपत्यकामा सङ्क्रमित हुने दर बढिरहेकाे छ ।

हिजाे मात्रै यस क्षेत्रमा ९९९ जना सङ्क्रमित थपिएका थिए । तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको थियाे । पछिल्लाे २४ घण्टामा काठमाडौँमा जिल्लामा पाँच हजार ८५६, ललितपुरमा एकहजार २१७ र भक्तपुरमा ९६६ जना सकृय सङ्क्रमण रहेकाे छ ।

तीनवटै जिल्लामा गरी उपत्यकामा अहिलेसम्म दुई लाख ७८ हजार ८१५ जना सङ्क्रमित भैसकेका छन् । काठमाडौँ एक हजार ९५२, ललितपुरमा ५८८ र भक्तपुरमा ३८२ जनाकाे मृत्यु भैसकेकाे छ ।