१३ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयद्धारा चियापानमा १८ लाख बढी खर्च

sudurpaschim pradesh cabinet 20210525073233

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले चियापान कार्यक्रममा १८ लाख बढी खर्च गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७७-७८ मा चियापान ,अथिति सत्कार तथा स्वागत शिर्षकमा १८ लाख १४ हजार ४०९ रुपैया खर्च गरेको हो ।

यस्तै आवासको घरभाडामा ५ लाख ८२ हजार रुपैयाँ खर्च गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सुचना अधिकारी जगदिश जोशीले बताए ।

पिउने पानिमा ३ लाख ६२ हजार ४ सय ५५ रुपैया खर्च गरेको छ भने कार्यालयले ईन्धनमा १६ लाख ८९ हजार ५ सय ५९ रुपैया खर्च गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सुचना अधिकारी जोशीले जानकारी दिए ।