१२ बैशाख २०८१, बुधबार

एक सय बेड नभएका अस्पतालले नर्सिङ कलेजले पढाउन पाउने

nurshing students
फाइल फोटो

चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार एक सय बेडको अस्पताल नभएका आंगिक नर्सिङ कलेजले सरकारी अस्पतालको सहयोगमा विद्यार्थी पठनपाठन गराउन पाउने भएका छन् ।

ऐनमा एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने व्यवस्था छ । अस्पतालसहित मापदण्ड नपुगेका करिब डेढ सय नर्सिङ कलेज प्रमाणपत्र तह र स्नातक तहमा विद्यार्थी भर्ना लिन नपाउने अवस्थामा छन् ।

विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को अनुमतिमा सञ्चालित आंगिक कलेजहरूलाई भने सरकारी अस्पतालको सहमतिमा विद्यार्थी पठनपाठन गर्न दिने तयारी भएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए ।

आयोगले आंगिक कलेजलाई नजिकको एक सय बेडको सरकारी अस्पतालसँगको सहकार्यमा पठनपाठन गराउन पाउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा उक्त प्रस्तावमा सकारात्मक रहेकाले त्यस्ता आंगिक कलेजले यही शैक्षिक सत्रदेखि पठनपाठन गराउन पाउने गरी कोटा तोकिने आयोगले जनाएको छ ।

मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भएपछि आयोगले विद्यार्थी कोटा तोकेर भर्नाका लागि अनुमति दिनेछ । आयोगले केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा उक्त प्रस्ताव पठाएको थियो ।

    सम्बन्धित समाचार...