१२ बैशाख २०८१, बुधबार

दुईवटा बुद्ध एयरका जहाज काठमाडौंमा आकस्मिक अवतरण

Buddha Air

काठमाडौं त्रिभुवन विमानस्थलबाट उडेका बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् ।

काठमाडौंदेखि धनगढीका लागि उडेको बुद्धको एक जहाज ल्यानडिङ गिअरको प्राविधिक समस्याले गर्दा बिचबाट फर्किएर काठमाडौं अवतरण गरेको त्रिभुवन विमान स्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

ल्याडडिङ गर्दा गिअरको समस्याको कारण सुरक्षित अवतरणको लागि अहिले बेलुका ६ बजेर ३ मिनेट जाँदा अवतरण भएको उहाँले बताउनुभयो ।

यसैगरी, अर्को जहाज पनि साँझ ७ बजे काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि विरामीलाई काठमाडौं नै फिर्ता ल्याइएको उहाँले जानकारी दिनुभयो । यसमा जहाजको प्राविधिक समस्या नभइ यात्रूका कारण फकाईएको उहाँले बताउनुभयो ।