
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गुण्डा दल नभएको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै एमाले परिपक्व राजनीतिक दल भएको बताउँदै कुनै गुण्डा दल नभएको उनले बताए ।
उनले भने, ‘नेकपा एमाले कुनै गुण्डा दल होइन। एउटा परिपक्व राजनीतिक पार्टी हो ।’
देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको पनि उनले बताएका छन्।
उनले भने, ‘केपी ओलीको साथमा रहेको कुनै दुईचार जनाको झुन्ड होइन। देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ,’ उनले भने, ‘देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ। अनि एउटा दुईटा कसले कविता न सविताका कविता भनेर लेख्छ, त्यसका पछाडि नेकपा एमाले कुद्छ ?’
आफूविरूद्ध मुख छाडेर कसैले जीविका चलाउछ भने उनी आफैँ खुसी हुने उनले बताए । उनले भन, ‘केपी ओलीलाई मुख छाडेर कसैले जीविका चलाउँछ भने म खुसी नै हुन्छु। त्यस्ता केही दर्जन मानिस छन्, तीन करोड नेपालीमा। भ्यागुताले इनारको प्वालबाट देखे जति धर्ती र आकास ठानेजस्तै !’