२६ बैशाख २०८२, शुक्रबार

सात बुँदे माग राख्दै यातायात व्यवसायीले बुझाए चाबी

chabi

विभिन्न सात बुँदे माग राख्दै आन्दोलनरत यातायात व्यवसायीले आइतबार सरकालाई चाबी बुझाएका छन् ।

यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई चाबी बुझाएका हुन् ।

कोरोना महामारीका कारण यातायात व्यवसायी र मजदूर मारमा परेको विषयमा विभिन्न निकायमा ध्यानाकर्षण गरेपनि सुनुवाई नभएको गुनासो गर्दै सरकारलाई चाबी बुझाउनुपरेको महासंघले जनाएको छ ।

महासंघले कोराना महामारीका कारण झन्डै चार लाख यातायात व्यवसायी, त्यसमा आश्रित नौ लाख स्वरोजगार व्यवसायी तथा मजदुर एवं पर्यटन यातायात क्षेत्रमा प्रभाव परेको जनाएको छ ।

महासंघले चाबी बुझाउँदै भनेको छ, “प्रधानमन्त्री तथा मनिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, सबै प्रदेश मन्त्रालय, साथै नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभागलगायतका यातायातसँग सरोकार भएका सम्बन्धित निकायहरुमा यातायात क्षेत्रका समस्या समाधानका लागि पटक–पटक यस महासंघमार्फत लिखित रुपमा मागपत्र पेस गरिएकोमा सरकारका कुनै पनि निकायहरुबाट समस्या समाधान भएन ।”

yata1 525x768 1
yata2 521x768 1
yata3 544x768 1

    सम्बन्धित समाचार...