१६ चैत्र २०८०, शुक्रबार

डिभोर्सपछिसँगै टेबुल टेनिसमा रमाउदै आमिर र किरण

amir 61

बलिउड अभिनेता आमिर खानले किरण रावसँग डिभोर्सपछि पनि सँगै रहदै आएका छन् । केहि साता अघि डिर्भोस गरेका भन्दै दुइ जना अलगभएका थिए । तर, अहिले उनीहरुसँगै फिल्मको छायांकनका साथै खेलमा एकसाथ देखिदै आएका छन् ।

डिभोर्स गरेको केहि दिनमा नै आमिर र किरण सुटिङमा एकसाथ समय बिताइरहेको भन्ने समाचार बाहिरिएको थियो । फिल्म ‘लाल सिंह चड्डा’ सुटिङमा उनीहरुका तस्विर एकसाथ रहेको पुष्टि भएकोथियो । तर अहिले भने दुवै जना टेबुल टेनिस खेलमा रमाइरहेको देख्न सकिन्छ ।

भारतिय समाचारका अनुसार फिल्म ‘लाल सिंह चड्ढा’को युनिटले गरेको टेबुल टेनिस प्रतियोगिता आमिर र किरणको सहभागिता रहेको छ । त्यहाँ आमिर खानदेखि टिमका अन्य सदस्य र बालबालिकाले पनि सहभागिता भएका छन् । सावएजनिक भएको तस्बिरमा आमिरले नै किरणसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ ।

त्यस्तौ सार्वजनिक भएको अर्को खेलमा आमिरले छोरा आजादलाई हौस्याउँदै गरेको देखिन्छ । अर्कोतर्फ किरण रावले छोराको खेल हेरिरहेकी छन् । यसअघि पनि आमिर र किरणका केही भिडियोहरू भाइरल भएका थिए ।