११ बैशाख २०८१, मंगलवार

आज देखि लामो दूरीका सार्वजनिक गाडी चल्न पाउने

bus1 20200726095143

आज देखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न पाउने भएका छन् ।

विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय गरेको उहाँले बताउनुभयो । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ ।

साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठकाडौंको अनुरोध छ । यसै गरि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि साउन १० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । साथै गृहमन्त्रालयले पनि लामोदूरीका यातायता सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।