२१ बैशाख २०८१, शुक्रबार

सबिन श्रेष्ठ र रेखा थापा स्टार फिल्म ‘हिरो रिटर्नस’को टेलर सार्वजनिक

hero returns

सबिन श्रेष्ठ तथा रेखा थापा स्टार फिल्म हिरो रिटर्नसको ट्रेलर राजधानिमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।

आशिश भेटवालको निर्देशनमा बनेको फिल्मको सार्वजनिक ट्रेलरमा सबिन र रेखालाइ एक्सन अवतारमा देखाइनुका साथै दुइको प्रेमलाइ समेत प्रस्तुत गरिएको छ । फिल्ममा कलाकार सरोज खनाललाइ नेगेटिभ रोलमा देख्न सकिन्छ ।

एक्सन जनरमा बनेको यस फिल्म निर्माण भएको ३ बर्षपछि प्रदर्शनमा आउन लागेको हो । अगाडि फिल्मको एक टाइटल गीत सार्वजनिक भइसकेको छ । अब फिल्म २०७७ सालको बैशाख २६ बाट प्रदर्शन हुने भएको छ ।

धुब्रतारा फिल्मस र श्री सोमओम शिब फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा भिम न्यौपाने र धुब्र न्यौपाने सहायक निर्मातामा चन्द्र गौतम रहेका छन । त्यसैगरी फिल्ममा मदन कस्यप घिमिरेको छायाँकन मित्र डि गुरुङको सम्पादन कथा पटकथा । सम्बादमा शिबम अधिकारी र एक्सनमा चन्द्र पन्तको रहेको छ । भने फिल्ममा रेखा सबिन र सरोज खनालसँगै दिल श्रेष्ठ सुलेमान शँखर इकु सुरेश थापा दर्शने रोशन श्रेष्ट डिबि बम्जन सुसान्त श्रेष्ठको साथमा अभिनेत्री आचल शर्माले समेत एक गीतमा नाचेकि छिन ।

कार्यक्रममा कलाकार सरोज खनालले अभिनेत्री रेखा थापासँग स्क्रिन सेयर गर्नका लागि पहिलोपटक नेगेटिभ रोलमा देखा परेको कुरा बताएका थिए । त्यस्तै अभिनेत्री रेखा थापाले फिल्म प्रदर्शन हुन अलि ढिलो भएतापनि आफुहरुले मेहनत गरेको कला सुजना कहिले पुरानो नहुने बताएकि थियन भने सबिन श्रेष्ठले फिल्म राम्रो बनेको कुरा बताएका थिए ।