१३ बैशाख २०८१, बिहीबार

टंक राज कुलुङको प्रस्तुति “चौपा युयान्ना” सार्वजनिक

89104357 237287324108103 8746771262753210368 n 1

नेपाल आफैमा धेरै जातजाती भाषा धर्म संस्कृति, रहनसहन, परम्परा, साहिष्णुता ईत्यादी भएको राष्ट्र हो ।

नेपालीको गीत संगितको बजार सानो रहेको छ भने यहाँ बोलिने मातृभाषाको अझै हालत भने दिनप्रतिदिन लोपोन्मुख जस्तै बन्दै गइरहेको छ । त्यसमाथी कुनैपनि संस्कृति,भाषा संग सम्बन्धि रहेर काम गर्न एकदमै गाह्रो रहेको छ ।

त्यससंगै लगानी गर्ने कुरामा धेरै अप्ठ्यारो कुरा हुन् । यसै बीचमा रहेर पनि टंक राज कुलुङले किराँत कुलुङ भाषाको गीतसंगितमा लगानि गरेका छन ।

अहिलेको युवापुस्ताइ केन्द्रित गरेर तयार भएको गीतको भिडियोमा मेलिना राई र उदय सोताङको स्वर समिना कुलुङको शब्द डक्टर किरातको सँगित रहेको छ भने भिडियोमा सोना पालुङवा र टंक राज होङेलुको अभिनय रहेको छ ।

त्यसैगरी भिडियोको छायाँकनमा उत्सब दाहाल सम्पादनमा बिकास दाहाल र निर्देशन राजेश पुमा राईले गरेका हुन भिडियोमा कलाकारको अभिनय सँगै निर्देशक तथा सिनेमाटोग्राफरको काम तारिफयोग्य रहेको देखिन्छ ।

https://www.youtube.com/watch?v=X_GIJtzV3FI