१४ बैशाख २०८१, शुक्रबार

एमाले एकताका लागि दुवै समूहका सांसदहरुले थाले यस्तो अभियान

kp oli madhav nepal

फुटको संघारमा पुगेको नेकपा एमाले एकताका लागि दुवै समूहका सांसद्हरुले अभियान थालेका छन् ।

पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एकता दबाब अभियान शुरु गरेका हुन् ।

दुवै समूहका सांसदहरूले विभाजन रोक्न संयुक्त अभियान चलाउने सहमत जनाएका छन् । उक्त अभियानमा ओली पक्षबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् ।

यस्तै नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।

एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ । यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने बताएका छन् ।