१५ चैत्र २०८०, बिहीबार

भीम रावल गएनन् माधव नेपालले बोलाएको बैठकमा

1616752441 pic 1200x560 1
फाइल फोटो

नेकपा एमाले विभाजनको संघारमा रहेका बेला वार कि पारको निर्णय गर्न माधव नेपालले बोलाएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल भने अनुपस्थित भएका छन् ।

सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए । तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावलले असन्तुष्ट भएर राजीनामा दिएका थिए ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा १० बुँदे सहमति र एमाले एकताको सन्दर्भमा के गर्ने भन्ने बारेमै केन्द्रित रहेर छलफल भइरहेको नेताहरूले बताएका छन् ।