१४ बैशाख २०८१, शुक्रबार

प्रक्रिया पुरा गरी शिक्षक नियुक्ती

teacher
सांकेतिक तस्विर

धनुषाको बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति माध्यमिक विद्यालयमा एकैपटक १० शिक्षक नियुक्त गरिएपछि विवाद सुरु भएको छ ।

गत वैशाख १० मा विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक थप्ने निर्णय गरेको थियो । वैशाख १६ मा १० शिक्षकका लागि विज्ञापन निकाल्यो । जेठ ५ मा जिल्ला शिक्षा समन्वय इकाइको विज्ञ समूहले शिक्षक नियुक्ति गर्न अनुमति दियो ।

जेठ २९ गते जनकपुरमा आवेदक २७ जनाको परीक्षा लियो । जेठ ३१ गते प्रकाशित नतिजामा १० जना उत्तिर्ण भएर शिक्षक नियुक्त भए । एकैपटक विद्यालयले १० शिक्षक नियुक्त गरेको थाहा पाएपछि स्थानीय आन्दोलित बनेका छन् । प्रक्रिया पुरा नगरी अवैध तरिकाले शिक्षकहरु नियुक्त गरेको स्थानीयको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिले ऐन कानून लत्याएर शिक्षक नियुक्त गरेको स्थानीय राजकिशोर महतोले बताए । उनले नियुक्ति खारेज नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यता, विद्यालयका प्रधानाध्यापक गुरुशरण केवटले सबै प्रक्रिया पुरा गरेर शिक्षकहरु नियुक्त गरिएको दावी गरे । उनका अनुसार विगत १० वर्षदेखि विद्यालयमा जो कार्यरत थिए, उनीहरुलाई पनि शिक्षक नियुक्त गरिएको छ ।

उनले भने, ‘के मेरो छोरा योग्य छन् र परीक्षामा उत्तिर्ण भयो भने नियुक्ति गर्न मिल्दैन् ? पक्कै मिल्छ । तर यहाँ स्वार्थको राजनीति गर्नेहरु विरोध गरिरहेका छन् ।’ शिक्षक नियुक्ति गलत ढंगले गरेको भन्ने आरोपमा कुनै सत्यना नरहेको र विरोध गर्नेहरु अभिभावक समेत नभएको प्रधानाध्यापक केवटको तर्क छ । परीक्षामा अनुतिर्ण भएकाहरुमध्ये कसैले पनि विरोध नगरेको पनि उनले बताए । उनका अनुसार स्थानीय नेता राजकिशोर महतोले आफ्नो जग्गा बचाउन र विद्यालयको जग्गा भएर सडक बनाउने षड्यन्त्र गरेका थिए । त्यसरी हुन नदिने र दुबैतीराट बराबर जग्गा लिएर सडक फराकिलो पार्न भनेको थिए । त्यहाँको रिस उनले शिक्षक नियुक्तिमा पोख्दैछन् ।

‘विद्यालयमा राजनीति नगर्न र यो यर्थात अभिभावकलाई बुझ्न मेरो आग्रह छ’, प्रधानाध्यापक केवटले भने । ‘अहिले विद्यालयमा कुनै किसिमको कसैले अवरोध कसैले गरेका छैन’, प्रधानाध्यापक वेकटले भने, ‘कोरोना महामारीका कारण भौतिक उपस्थ्तििमा पठन पाठन भइरहेको छैन । यद्दपी विद्यालय सञ्चालनमा छ ।’ शिक्षक नियुक्तिमा कसैलाई शंका छ भने कानूनी उपचार खोज्न सकिने उनको भनाई छ ।