१३ बैशाख २०८१, बिहीबार

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ

kundra silpa

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरु बनाएर केही एपहरुमार्फत बेच्ने गरेको प्रहरीले जनाएको छ ।

पोर्न फिल्म बनाएको र बेचेको आरोपमा राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् ।

यसै वर्षको फेबु्रअरीमा मुम्बई क्राइम ब्रान्चमा उजुरी परेको थियो । यथेष्ट प्रमाण जुटाइसकेपछि राजलाई पक्राउ गरिएको मुम्बइ प्रहरी बताउँछ ।

‘यो प्रकरणलाई राज कुन्द्रा मुख्य अभियुक्तका रुपमा देखा परेपछि हामीले उनलाई पक्राउ गरेका हौं । हामीसँग उनीविरुद्ध पर्याप्त प्रमाणहरु छन्,’ मुम्बइ प्रहरी आयुक्त हेमन्त नाग्रालेले एक विज्ञप्ति जारी गरी भनेका छन् ।

कुन्द्राले सोमबारको रात हिरासतमा बिताएका छन् । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै जमानतका लागि आग्रह गरेका छन् ।

समाचार अनुसार गत साता नौ व्यक्तिहरुमाथि कलाकारहरुलाई पोर्न फिल्मका लागि नग्न दृष्यहरु सुट गर्न दवाव दिएको भन्दै दुईवटा एफआइआर दायर भएका थिए । यी फिल्महरु विभिन्न मोइबाइ एप्लिकेसनमार्फत सशुल्क बेच्ने गरिएको दावी एपआइआरमा गरिएको छ ।

त्यसो त यो पहिलो पटक होइन, राज कुन्द्रा विवादित बनेको । यसअघि पनि उनी फन्दामा परिसकेका छन् । उनी बिरुद्ध पुनम पाण्डेले प्रहरीमा उजुरी गरेकी थिइन् ।

पुनम पाण्डेले राज कुन्द्राको कम्पनी आम्र्सप्राईम मिडियासँग एक सम्झौता गरेकी थिइन् । यो कम्पनीले भिन्न भिन्नै एप्सको काम हेर्ने गर्छ । र, पुनम पाण्डे राजको कम्पनीको क्लाइन्ट थिइन् ।

पुनम पाण्डेको उक्त एप एक एडल्ट एप हो र राजको कम्पनीले सोही एपको काम हेर्ने गथ्र्यो । साथसाथै उक्त सम्झौत ८ महिना अघि नै सकिएको थियो । तर, सम्झौतापछि पनि राज कुन्द्राले उनको भिडियो र फोटो प्रयोग गरिरहेपछि पुनमले उजुरी गरेकी थिइन् । उनले कुन्द्रमाथि धोकाधडीको आरोप लगाएकी थिइन् । त्यती मात्र होइन, कुन्द्राको कम्पनीले उसको भिडियो र तस्विरको माध्यामबाट पुनमको नम्बर पनि लिक गरिदिएको थियो, जसपछि उनलाई लगातार अश्लिल म्यासेज आउन थालेको थियो ।

पुनमले भनेकी छिन् राजको कम्पनीले आफ्नो तस्विर र भिडियो बेचेर नै पैसा कमाइरहेका छन् । पुनमले के सम्म भनेकी छिन् भने राज कुन्द्रा सायद आर्थिक समस्यासँग जुधिरहेका छन् ।

राजले भने यो कुराको खण्डन गरेका थिए । तर, अहिले उनी पक्राउ परेपछि भने पुनमको आरोप मेल खाएको छ ।

मोडल पुनम पाण्डेले पनि राज कुन्द्रा र उनका सहयोगीहरुमािथ बम्बे उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । कुन्द्रासँग आफ्नो सम्झौताको म्याद सकिए पनि कुन्द्राले आफ्ना तस्वीर भिडियोहरु गैरकानूनीरुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।