७ बैशाख २०८१, शुक्रबार

पाकिस्तानमा ट्रक र बस जुध्दा ३० जनाको निधन

60f54fefbb5e1 Pakistan Bus Accident

पाकिस्तानको पञ्जाब प्रान्तमा एक बस र ट्रक आपसमा जुध्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४० जना घाईते भएका छन् ।

भारतीय समाचार संस्था द हिन्दूका अनुसार पाकिस्तानको पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका अधिकांश श्रमिक छन् ।

बस सियाल्कोटबाट राजनपुरका लागि प्रस्थान गरेको थियो । इद–उल–अजहा मनाउन बिदामा घर फर्किन लागेका श्रमिक चढेको बस राजमार्गको तौन्सा बाइपास नजिक सोमबार बिहान ट्रकसँग जुध्न पुगेको हो । दुर्घटनास्थल लाहौरबाट करिब ४३० किलोमिटरको दूरीमा रहेको छ ।

दुर्घटना लगत्तै घाईतेलाई नजिकको अस्पतालमा पुर्याइएकोमा १८ जनालाई तात्कालै मृत घोषित गरिएको थियो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले एक ट्वीट गर्नुहुँदै दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।