१४ बैशाख २०८१, शुक्रबार

२२ सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण, बैठक भोली २ बजे पुन: बस्ने

uml comittee meeting

आज ललितपुरको च्यासलमा जारी नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको बैठक भोली २ बजे पुन: बस्ने गरी सकिएको छ ।

बैठकमा पार्टीको निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्ने, पार्टीको विधान अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।

छलफल पछी नेपाल घटनासंग कुरा गर्दै एक नेताले पार्टीको निर्देशन उल्लंघन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदहरु संग २४ घण्टे स्पष्टिकरण सोधिने बताए ।

उनका अनुसार स्पष्टिकरण बुझाए अनुरुप के कस्तो कारवाही हुने वा नहुने सम्बन्धमा भोली निर्णय हुने सम्भावना रहेको छ ।